Home » वातावरण दिवसमा टेसाको पदमार्ग सरसफाइ

वातावरण दिवसमा टेसाको पदमार्ग सरसफाइ

by newnagarikdiary
0 comment

जेठ २२ पोखरा । विश्व वातावरण दिवसका अवसरमा टे«किङ इक्युपमेन्ट सप एसोसियसन (टेसा) पोखराले एक दिवसीय पदयात्रा, पदमार्ग सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

टेसाले आइतबार पोखरा–२५ हेमजा मेलबोटदेखि माछापुच्छे« गाउँपालिका–६ अस्ताम र वडा नम्बर ७ धम्पुससम्मको पदमार्गमा सरसफाइ गरेको हो । उक्त पदमार्गमा झण्डै १० बोरा फोहोर टेसाले सफाइ गरेको छ । संकलित फोहोर माछापुच्छे«–६ का वडाध्यक्ष टेकनाथ गौतम र ७ का वडाध्यक्ष वैकुण्ठ भण्डारीलाई टेसाले हस्तान्तरण गरेको छ । टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले वार्षिक कार्यक्रमअनुसार वातावरण दिवसमा एक दिनको पदयात्रा र पदमार्ग सरसफाइ गरेको बताए । ‘पोखराबाट नजिकका गन्तव्यमा हाइकिङ सहित सरसफाइ गर्ने गरेका छौं,’ उनले भने, ‘यसले आफ्नो गाउँ, टोल, पदमार्गलाई सफा राख्नुपर्छ भन्ने सांकेतिक सन्देश दिन र पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुगेको छ ।’

टेसाले माछापुच्छे«–७ मा आइतबार नै विश्व वातावरण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रियामा प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले विश्वभर मनाइने वातावरण दिवस पोखरामा पनि पर्यटनसँग सम्बन्धित संस्थाले मनाउनु अर्थपूर्ण भएको बताए ।

‘अहिले टे«किङ रुट मासिँदै गएका छन् । भएकामा पनि फोहोर त्यस्तै छ,’ उनले भने, ‘विदेशी पर्यटक डाइभर्ट हुने हुन् कि भन्ने चिन्ता छ । त्यसका लागि स्थानीय जनप्रतिनिधिले नै मुख्य रुपमा सोच्नुपर्छ ।’
माछापुच्छे«–७ का वडाध्यक्ष वैकुण्ड भण्डारीले गाउँकार्यपालिकाको पहिलो बैठकमा वातावरणको मुद्दालाई प्रमुखताका साथ उठान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मोटरबाटोको सट्टा वैकल्पिक पदयात्रा मार्गको संरक्षण आफ्नो प्राथमिकतामा रहेको सुनाए ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले टेसाको उक्त कार्यक्रमले स्वास्थ्यमा सचेतना र व्यवसायको प्रवद्र्धनमा समेत सहयोग पुगेको बताए । टेसाले झण्डै १२ किलोमिटर लामो पदमार्गमा रहेका प्लास्टिकजन्य फोहोर संकलन गरेको थियो ।

 

Related Articles

Leave a Comment