Home » वर्तमान सरकार असफल भईसक्योः भट्टराई

वर्तमान सरकार असफल भईसक्योः भट्टराई

by newnagarikdiary
0 comment

माधव पराजुली, पोखरा
पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकार असफल भईसकेको बताउनुभएको छ । शुक्रबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले शेर बहादुर देउवा नेतृत्वको सरकार मन्त्रीपरिषद्ले पूर्णता नपाउदै असफल भईसकेको बताउनुभएको हो ।
६५ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु, ईतिहासमै पहिलो पटक देश आर्थीक सट डाउनमा परेको र संसदलाई द्धन्द्धमा लग्नुनै सरकारको असफलता र असक्षमता भएको बताउनुभयो । बजेट होलिडेका कारण आर्थिक र वित्तीय अनुशासनबिहीनता तर्फ मुलुक गएकोमा भट्टराईले चिन्ता व्यक्त पनि गर्नुभयो । यो सरकार असफल भईसकेको भन्दै उहाँले एमालेकै नेतृत्वमा चुनाव हुने समेत दाबी गर्नुभयो । भट्टराईले एमाले नेतृत्वको सरकार देशमा आवश्यक रहेको धारण राख्नुभयो ।
फरक प्रसंगमा भट्टराईले माधव कुमार नेपालले पार्टी विभाजन गरेर ठुलो भुल गरेको बताउनुभयो । ‘पार्टी विभाजन दुःखद रहेको भन्दै उहाँले फुटेर गएकाहरु पनि एमाले पार्टीमै फर्किनुको विकल्प नरहेको बताउनुभयो । एमाले फुटको असर भने तल्लो तहसम्म नपरेको भट्टराईले बताउनुभयो ।

 

Related Articles

Leave a Comment