Home » लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता पक्षबाट उम्मेदवारको फाईनल

लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता पक्षबाट उम्मेदवारको फाईनल

by newnagarikdiary
0 comment

लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता पक्षबाट उम्मेदवारको टुंगो लागेको छ ।

सत्तारुढ दलबाट सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीको भागबन्डामा परेको छ ।दुवै पार्टीले उम्मेद्वारी दर्ताको तयारी गरेका छन् ।

माघ ३ गते हुने सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ को २ बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई र उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाण केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरूको समर्थन रहेको छ । नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत, लोसपाका ३/३ र दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले अन्तिम समयसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

Related Articles

Leave a Comment