Home » लुक्मी कस्मेटिकको सेमीनारमा कलाकार तुलसी घिमिरेको बेजोड प्रस्तुती

लुक्मी कस्मेटिकको सेमीनारमा कलाकार तुलसी घिमिरेको बेजोड प्रस्तुती

by newnagarikdiary
0 comment

लुक्मी कस्मेटिक प्रा.लीले काठमाण्डौंमा हेयर एण्ड केमिकल वर्कशप गरेको छ ।

पौष १४ र १५ गरी दुई दिन आयोजना गरेको कार्यक्रममा उपत्यका भरीकै सौंदर्य व्यवसायमा आवद्ध व्यवसायीहरुको सहभागीता रहेको थियो । लुक्मीले पहिलो दिन कोटेश्वर र दोस्रो दिन धुम्बाराहीमा वर्कशप आयोजना गरेको हो । विशेषगरी कपाल र छाला सुन्दर मात्रै नभएर स्वस्थ पनि हुनुपर्छ भन्ने उद्देश्य रहेको कम्पनिका प्रवन्ध निर्देशक खगेन्द्र विमलीले जानकारी दिनुभयो । उहाले बजारमा उपलव्ध भएका प्रोडक्टहरु भन्दा अधिक गुणस्तरलाई ध्यान दिएर बजारमा ल्याएको दावी गर्नुभयो । लुक्मी कस्मेटीकले हेयर सेरम, गीलसिरिन, मोइस्चराईजरदेखी सबै प्रकारका व्युटी प्रोडक्टहरु सुपथ मुल्यमा बजारमा सहजै उपलब्ध गरेको छ ।

त्यसैगरी पुर्वका चर्चित गायक, निर्देशक तथा कलाकार तुलसी घिमिरेको बेजोड प्रस्तुतीले अन्य सेमिनार भन्दा यस सेमिनारलाई थप रोमाञ्चक बनाएको थियो । प्रोडक्टहरुलाई देशैभरका नागरिकमा पु¥याउन भन्दै लुक्मीले सातै प्रदेशमा हेयर एण्ड केमिकल वर्कशप गर्ने जनाएको छ ।

Related Articles

Leave a Comment