Home » लम्बिदै एमाले पर्वतको अधिवेशन

लम्बिदै एमाले पर्वतको अधिवेशन

by newnagarikdiary
0 comment

नेकपा एमाले पर्वतको नवौं अधिवेशन  लम्बिएको  ।  २३ गतेबाट सुरु भएको अधिवेशनले २५ गतेसम्म पनि प्रतिनिधि टुंग्याउन नसक्दा लम्बिएको हो  

 पदाधिकारी र भुगोल तथा खुल्ला सदस्यमा सहमति हुन नसक्दा अधिवेशन लम्बिएको हो । सहमतिको लागि भन्दै भोली ११ बजे सम्मका लागि बन्द सत्र स्थगन गरिएको छ । पदाधिकारी सहित खुल्ला सदस्य टुंगाउने जिम्मा अध्यक्ष मण्डललाई दिईएको छ भने भुगोल बाट आउने सदस्यको लागि सम्बन्धित पालिका कमिटिलाई जिम्मा लगाइएको छ । पालिका कमिटिलाई भुगोल बाट जाने सदस्य टुंग्याउन हाम्मे हाम्मे परेको छ । बिशेष गरि कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकालाई आकांक्षी बढी हुदा टुंगो लगाउन मुस्किल भएको देखिन्छ । विहादी,पैयुँ र महाशिला गाउँपालिकाले भने भुगोल बाट जाने जिल्ला कमिटि सदस्य टुंगाएको छ ।

अध्यक्ष मण्डलले अध्यक्षमा राजु पौडेल, उपाध्यक्षमा पदमपाणी शर्मा, सचिवमा गोविन्द पहाडी, उप सचिव विमल लामिछाने र शिव पौडेल लाई बनाउने करिब निश्चित गरेको छ । तर अध्यक्षका आकांक्षी  कार्यबहाक अध्यक्ष भक्त कुँवरले आफ्नो अडान बाट पछाडी हटेका छैनन् । भक्त कुवरलाई प्रदेश कमिटि सदस्य  बनाउने गरि उनलाई मनाउन खोजिएको छ । कुवँर पछि नहट्ने निर्वाचन प्रक्रिया बाट हारे स्वीकार गर्ने अडान लिएका छन् ।  त्यस्तै उपसचिवका आकांक्षी जिवन उच्चै ठकुरीले पनि आफ्नो अडान नछाडेको बताईन्छ ।

राजु पौडेल, पदम पाणी शर्मा, गोविन्द पहाडी र भक्त कुवरको अध्यक्षमा दाबी थियो  एमालेले महिला पूरूष सतप्रतिशत मिलाएर लैजाने भन्ने गरे पनि लिष्टमा हाल सम्म कुनै पनि महिला नपरेको गुनासो महिला प्रतिनिधिहरुको रहेको छ।  पालिकाबाट जिल्ला कमिटिमा पठाउने सदस्यको सहमिति भई अध्यक्ष मण्डललाई नाम दिए पछि मात्र जिल्ला कमिटि कार्यसमितिको नाम घोषणा गर्ने तयारी छ ।

Related Articles

Leave a Comment