Home » लगातार बढ्दै शेयर बजार: बुधबार यी कम्पनि नाफामा

लगातार बढ्दै शेयर बजार: बुधबार यी कम्पनि नाफामा

by newnagarikdiary
0 comment

बुधबार शेयर बजार १०.३७ अंकले बढेको बजार २१८३.६२ विन्दुमा पुगेर रोकिएको बजार मंगलबार समेत बजार बढेको थियो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत केही बढेको छ । बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बैंकिङ, वित्त र अन्य उपसूचकबाहेक अन्य सबै उपसूचक उकालाे लाग्दा
बुधबार सबैभन्दा धेरै होटेल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् ।

यस दिन ग्रीनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिमा जीआइसी इन्स्योरेन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र वलेफी हाइड्रोपावरको सकारात्मक सर्किट लेवलमा कारोबार भएकाे छ ।

आरबीबी म्यूचअल फण्ड सबैभन्दा धेरै ५.७० प्रतिशतले घटेकाे छ भने जानकी फाइनान्स, पिपुल्स हाइड्रो, सेन्ट्रल फाइनान्ससहितका लगानीकर्ता पनि लसमा गएका छन् |

Related Articles

Leave a Comment