Home » रेसुङ्गा नगरपालिकाको १२ औं नगर सभा सम्पन्न ३ विधेयक सर्वसम्मत पारित

रेसुङ्गा नगरपालिकाको १२ औं नगर सभा सम्पन्न ३ विधेयक सर्वसम्मत पारित

by newnagarikdiary
0 comment

रेसुङ्गा नगरपालिकाको १२ औं नगर सभा सम्पन्न भएको छ।
नगर प्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा बसेको नगर सभाले ३ वटा विधेयक सर्वसम्मत पारित गरेको छ । “रेसुङ्गा नगरपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन गर्न बनेको विधेयक २०७९ ” , “रेसुङ्गा नगरपालिकामा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७९” र ” रेसुङ्गा नगरपालिकामा जलश्रोतको समुचित उपयोग, संरक्षण, ब्यवस्थापन र नियमन गर्दै खानेपानी मुहान विवादमा शुन्य सहनशीलताको व्यवस्था गर्न बनेको विधेयक २०७९ ” गरि जम्मा ३ वटा विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभाले आर्थिक वर्ष ०७९/०८० को हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै केहि शिर्षकका बजेटहरु संसोधन गरि पारित गरेको छ । नगरले आफ्नो जिम्मेवारी पूरा गर्न सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं !

Related Articles

Leave a Comment