Home » राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाको उम्मेदवारी

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाको उम्मेदवारी

by newnagarikdiary
0 comment

माधव पराजुली, पोखरा

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ । पुस २० गते मंगलबार दिउसो तिन बजे सम्म मनोनयनको कार्यक्रम अनुसार उहाँहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएको निर्वाचन कार्यलय गण्डकी प्रदेश पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
नेकपा एमालेका तर्फ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट ३ जना उम्मेदवारले निर्वाचन कार्यलयमा उमेदवार दर्ता गरेका छन् । एमालेले कास्कीका पुण्यप्रसाद पौडेल (खुला), नवलपुरकी लीला थनेत (महिला) र स्याङ्जाका अर्जुन कुमार सुनाम (दलित) लाई उम्मेदवार दर्ता गरेको हो । त्यस्तै सक्त गठबन्धनबाट कांग्रेसकी कमला पन्त र नेकपा माओवादी केन्द्रका भुवन सुनार र सुरेश आलेमगरले उमेदवार दर्ता गराउनुभएको छ । गण्डकी प्रदेश बाट माओवादीका तर्फ बाट २ र कांग्रेसबाट १ जनालाई उम्मेदवार बनाउने सत्ता गठबन्धनबीच भएको सहमति अनुसार उहाँहरुले उम्मेदवारी दिनुभएको हो । राष्ट्रिय सभा सदस्यका लागि ६ जना मध्ये गण्डकी प्रदेश बाट तिन जना निर्वाचित हुने छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सांसदको मतभार ४८ हुन्छ भने पालिका प्रमुख र उपप्रमुखको १८÷१८ हुन्छ । गण्डकी प्रदेश सभा तर्फ सबैभन्दा धेरै मतभार एमालेको छ । २७ सांसद रहेका एमालेको मतभार एक हजार २९६ हुन्छ । १५ सांसद रहेको कांग्रेसको मतभार ७२० छ भने १२ सांसद रहेको माओवादीसँग ५७६ मतभार छ । दुइ÷दुई सांसद रहेको राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) सँग ९६÷९६ मतभार छ । स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे पनि गठबन्धन सरकारमा सहभागी हुनुहुन्छ। उहाँको मतभार ४८ हुन्छ ।

स्थानीय तहतर्फ भने कांग्रेसका ८३ जनप्रतिनिधि छन् । उनीहरुको मतभार एक हजार ४१८ हुन्छ । ७० जना जनप्रतिनिधि रहेको एमालेको मतभार एक हजार २६० छ भने १२ जना जनप्रतिनिधि रहेका माओवादी केन्द्रको मतभार २१६ रहेकोछ । गण्डकी प्रदेशमा जनमोर्चाका तीन र राप्रपाका दुई जनप्रतिनिधि छन् । मतभार हिसाब गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन आउछ । नेकपा (एकीकृत समाजवादी) १८ मतभार छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उपप्रमुख एकीकृत समाजवादीकी एक मात्र मतदाता हुनुहुन्छ ।

 

Related Articles

Leave a Comment