Home » राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गतेभित्र तोक्न सिफारिस

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गतेभित्र तोक्न सिफारिस

by newnagarikdiary
0 comment

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गतेसम्म तोकिसक्न निर्वाचन आयोगले सिफारिस गरेको छ ।

नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि निर्वाचन आयोगले सिफारिस गरेको हो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचन आयोगका पदाधिकारीहरुले पद रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएका छन् । निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्थाअनुसार २५ माघभित्र उपनिर्वाचन गर्ने गरी मिति तोक्न परामर्श दिइएको आयोगले जनाएको छ ।

Related Articles

Leave a Comment