Home » राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने

by newnagarikdiary
0 comment

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ ।

शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । केहीबेरमै मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट बाहिरिने निर्णय गरेको र राजीनामा बुझाउन जान लागेको बताए । लिङ्देन हालको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री छन् । त्यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।

Related Articles

Leave a Comment