Home » राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

by newnagarikdiary
0 comment

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेश पोखराको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी माघ १२ गते हुने निवार्चनको लागी कार्यालय स्थापना गरिएको हो । २ सय २९ जना मतदाता रहेको गण्डकीमा ६० सदस्यीय प्रदेशसभामा हाल ५९ जना सांसद छन् । स्थानीय तहका १७० जना जनप्रतिनिधि छन् । प्रदेश सांसदको मत भार ४८ छ भने स्थानीय तहका जनप्रतिनिधिको मत भार १८ हुन्छ ।

स्थानीय तह काँग्रेसको बहुमत भए पनि प्रदेशसभामा भने एमाले सांसद धेरै छन् । गठबन्धन नयाँ बनेका कारण चुनावी नतिजा पहिलेभन्दा फरक आउने आँकलन गरिएको छ ।

चार वर्षको कार्यकाल पूरा गरेका तीन सांसदको पद यही फागुनमा समय अवधि सकिँदै छ ।  यसअघि दुई सांसदको दुई वर्षीय अवधि सकिएर चुनाव भएको थियो । पहिलो पटक पद सकिने सांसद सुरेन्द्र पाण्डे र वृन्दादेवी राना हुनुहुन्छ । दुवै जना काँग्रेसबाट निर्वाचित भएका थिए । उहाँहरूको ठाउँमा तत्कालीन नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको थियो ।

अहिले थप तीन जनाको पदावधि सकिन लागेको हो । गण्डकीबाट रिक्त हुनेमा दुई जना माओवादी र एक जना नेकपा एकीकृत समाजवादीका सांसद रहेका छन् । माओवादीबाट दिनानाथ शर्मा खुला कोटाबाट निर्वाचित हुनु भएको हो भने खीमकुमार विक दलित कोटाका सांसद बन्नुभएको हो ।

शान्तिकुमारी अधिकारी तत्कालीन एमालेको महिला कोटामा निर्वाचित हुनुभएको थियो फागुनमा रिक्त हुने पदका लागि माघ १२ गते निर्वाचन हुँदै छ । त्यसका लागि पुस २० गते मनोनयन दर्ता हुने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

Related Articles

Leave a Comment