Home » राष्ट्रपति भण्डारी मुक्तिनाथमा पूजाअर्चना गरेर ढोरपाटन तर्फ

राष्ट्रपति भण्डारी मुक्तिनाथमा पूजाअर्चना गरेर ढोरपाटन तर्फ

by newnagarikdiary
0 comment

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान मुस्ताङ आएकी छन्। राष्ट्रपति कार्यालयको पूर्व कार्यक्रम तालिकाअनुसार राष्ट्रपति भण्डारीसहितका कर्मचारी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आइपुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए। नेपाली सेनाको हेलिकोप्टरमा बिहान १० बजेर ३० बजे जाखा मुक्तिनाथ हेलिप्याडमा अवतरण गरेकी राष्ट्रपति भण्डारीलाई स्थानीय जनप्रतिनिधि, प्रशासन,सुरक्षा, कर्मचारी र कर्मचारीहरुले स्वागत गरेका थिए।  राष्ट्रपति भण्डारीले बिहान ११ बजेको समयमा मुक्तिनाथ दर्शन तथा पूजा गरेकी छन्। मुक्तिनाथ मन्दिरमा कार्यरत कर्मचारी रविन सुवेदीका अनुसार भण्डारीले मुक्तिनाथका

पुजारी कृष्णप्रसाद सुवेदीबाट बैद्धिक मन्त्र उच्चारणसहित भगवानको आरती तथा पूजाअर्चना लगायतको सम्पूर्ण पुजापाठ सम्पन्न गरिन्। भण्डारीले करिब १५ मिनेट पूजाअर्चनामा खर्चिएको उनले बताए। राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान मुस्ताङ आएकी छन्। राष्ट्रपति कार्यालयको पूर्व कार्यक्रम तालिकाअनुसार राष्ट्रपति भण्डारीसहितका कर्मचारी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आइपुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए।

नेपाली सेनाको हेलिकोप्टरमा बिहान १० बजेर ३० बजे जाखा मुक्तिनाथ हेलिप्याडमा अवतरण गरेकी राष्ट्रपति भण्डारीलाई स्थानीय जनप्रतिनिधि, प्रशासन,सुरक्षा, कर्मचारी र कर्मचारीहरुले स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीले बिहान ११ बजेको समयमा मुक्तिनाथ दर्शन तथा पूजा गरेकी छन्। मुक्तिनाथ मन्दिरमा कार्यरत कर्मचारी रविन सुवेदीका अनुसार भण्डारीले मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीबाट बैद्धिक मन्त्र उच्चारणसहित भगवानको आरती तथा पूजाअर्चना लगायतको सम्पूर्ण पुजापाठ सम्पन्न गरिन्। भण्डारीले करिब १५ मिनेट पूजाअर्चनामा खर्चिएको उनले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ दर्शन तथा अवलोकन गरी शनिबार बिहान १०:३० बजे अघि बाग्लुङस्थित ढोरपाटन आरक्षण क्षेत्रतर्फ प्रस्थान गरेकी छन्। उनले ढोरपाटनमा पैदलै रिफ्रेसमेन्ट गर्नेछन्। राष्ट्रपति भण्डारीले ढोरपाटन आरक्षण सम्बन्धि प्रस्तुति कार्यक्रममा सरिक हुने कार्यक्रम छ। त्यसपछि उनले ढोरबराह मन्दिर दर्शन गर्नेछन्। राष्ट्रपति भण्डारीले ढोरपाटन आरक्षण क्षेत्रको अवलोकन गर्नेछिन्। बाग्लुङको ढोरपाटन नेपालकै एकमात्र शिकार आरक्षण क्षेत्र हो। राष्ट्रपति कार्यालयको भ्रमण तालिकाअनुसार राष्ट्रपति भण्डारी शनिबार दिउँसो २ बजे लक्ष्मी निवासी प्रस्थान गर्ने र दिउँसो ३ बजे लक्ष्मी निवासबाट राष्ट्रपति कार्यालय प्रस्थान गर्ने कार्यक्रम छ।

Related Articles

Leave a Comment