Home » राष्ट्रपति प्रधानमान्त्री सहितको उपस्थितिमा बसन्तपुरमा बसन्त श्रवण

राष्ट्रपति प्रधानमान्त्री सहितको उपस्थितिमा बसन्तपुरमा बसन्त श्रवण

by newnagarikdiary
0 comment

हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण मनाइएको छ ।

वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहित उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायत पनि वसन्त श्रवणमा उपस्थित भएका छन् । वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा अनुसार नासलचोकमा पुजा आरधना गरिएको छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण हरेक वर्ष गरिदै आईएको छ ।

Related Articles

Leave a Comment