Home » राष्ट्रपति निर्वाचन: कांग्रेसको बहुमत ! माधव नेपाल राष्ट्रपति ! एमाले भन्छ पुष १० को सहमति ! कार्यन्वयन हुन्छ ?

राष्ट्रपति निर्वाचन: कांग्रेसको बहुमत ! माधव नेपाल राष्ट्रपति ! एमाले भन्छ पुष १० को सहमति ! कार्यन्वयन हुन्छ ?

by newnagarikdiary
0 comment

राष्ट्रपति निर्वाचनको मिति नजिकिए संगै दलहरु कसलाई राष्ट्रपति बनाउने भन्ने छलफलमा व्यस्त छन् । दलहरुले राष्ट्रपतिका लागि विभिन्न व्यक्तिका नामहरु अगाडी सारेका छन् । कतिपयले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा पनि चलाई रहेका छन् । राष्ट्रपति उम्मेदवारको बिषयमा सहमति जुट्न नसक्दा सत्ता गठबन्धन संकट उन्मुख छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन नजिकिएसँगै दलहरु आन्तरिक तयारीमा जुटेका छन् । शिर्षदलहरु आन्तरिक तयारीका साथै राष्ट्रपतिमा आफ्नो दलबाट निर्वाचित गर्न व्यापक छलफलमा लागेका छन् । सत्ता साझेदार दल नेकपा एमालेले पूर्व सहमति अनुसार नै राष्ट्रपति आफुले पाउनुपर्ने दाबि गरिरहेको छ । तर, एमालेको उक्त प्रस्तावमा माओवादी र प्रधानमन्त्री दाहाल सहमत छैनन् ।

दाहालले शुद्ध एमालेलाई समर्थन नगर्ने देखेका ओलीले पछिल्लो समय राष्ट्रपतिमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र सुवास नेम्वाङको नाम अगाडी सारेका छन् । नेपाललाई राष्ट्रपति बनाउने र पार्टी एकता गरेर एमालेलाई ठुलो दल बनाउने ओलीको चाहना सतहमा देखिएको छ । राषंट्रपतिको विवादले संकटमा सत्ता गठबन्धन देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच दलीय गठबन्धन ब्युँताउने विषय निष्कर्षमा पुगिनसकेको बताएका छन् ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । प्याकेजमा सहमती भए पार्टीलाई एमालेमा समाहित गर्ने र आफु राष्ट्रपति बन्नेमा नेकपा एस पनि राष्ट्रपतिको विषयमा दलहरुसंगको सहमति जे हुन्छ त्यसै अनुसार सहमति गरेर जाने र आफूहरुलाई प्रश्ताव आए स्विकार्ने रणनीतिमा छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गर्दै सत्ता गठबन्धन नटुट्ने दाबी गर्नुभएको छ । यता, प्रधानमन्त्री दाहालबाट ग्रिन सिग्नल पाएको कांग्रेस पनि आफुले अगाडी सारेको व्यक्ति राष्ट्रपति बन्नेमा आशावादी देखिन्छ । कांग्रेसले आफुले उम्मेदवार उठाउने स्थिती बने बरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवारमा अघि सार्ने सम्भावना बढि छ । कांग्रेस भित्रै पनि कृष्ण प्रसाद सिटौलाको नाम पनि चर्चामा छ । कांग्रेसभित्रैबाट सिफारिस व्यक्तीनै राष्ट्रपति हुने कांग्रेसको अडान छ ।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाए भोलिका दिनमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार आफु नेतृत्वको सरकार बनाउन कांग्रेसले नयाँ राजनीतिक चाल चल्न सक्ने डर दाहाललाई छ । भने नेकपा एसका माधव नेपाललाई बनाए ओलिले चाल चल्न सक्ने डर पनि दाहालालई छ । सत्ता र शक्ति संघर्षमा पछिल्लो समय शक्रि केन्द्र बनेको राष्ट्रपति पद हत्याउन दलहरुले थालेका प्रयास र जोडबलले सार्थकता पाउन भने अब धेरै दिन बाँकी छैनन् । तर, यसैको कारण मुलुक राजनीतिक संकटमा फस्न सक्ने सम्बावना थप बढेको छ ।

Related Articles

Leave a Comment