Home » राष्ट्रपति निर्वाचन एमाले माओवादी निरन्तर संवादमा,कांग्रेस माओवादीले सघाउनेमा ढुक्क

राष्ट्रपति निर्वाचन एमाले माओवादी निरन्तर संवादमा,कांग्रेस माओवादीले सघाउनेमा ढुक्क

by newnagarikdiary
0 comment

शिर्षक: राष्ट्रपति निर्वाचन एमाले माओवादी निरन्तर संवादमा,कांग्रेस माओवादीले सघाउनेमा ढुक्क

नेपाली कांग्रेसका शीर्ष नेताहरूले राष्ट्रपतिकाे निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।

दाहालले उक्त विषयमा पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन् । माओवादीले राष्ट्रपतिबारे छलफल गर्न आज पदाधिकारी बैठक डाँकेको छ ।

पुस १० गते दाहाल नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति बनेपनि हालसम्म सत्ता गठबन्धनमा राष्ट्रपतिको विषयमा सहमति जुटन सकेको छैन् । एमालेले भने पहिलाकै सहमति अनुसार राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने र उसलाई माओवादीले समर्थन गर्नुपर्ने अडान राख्दै आएको छ । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको प्रश्ताव गरिने बताउँदै आएका छन् ।

राष्ट्रिय सहमतिमा एमाले पर्न सफल भए एमालेलेनै पाउने पनि दाहालले संकेत भने गर्दै आईरहेका छन् ।यता कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क भएर बसेको छ ।

फागुन २५ गते हुने निर्वाचनका लागि १३ गते मनोनयन हुँदैछ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली निरन्तर संवादमा छन् । तर, प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल सकारात्मक बन्न नसक्दा गठबन्धनमा एमाले माओवादीबिच नै विश्वासको वातावरण बन्न सकेको छैन । एमालेले साथ छाडे पाँचै वर्ष प्रधानमन्त्री दिने आश्वासनसहित कांग्रेसले प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने प्रयास गरिरहेको छ ।

Related Articles

Leave a Comment