Home » राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगद्धारा मतदाता नामावली प्रकाशन

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगद्धारा मतदाता नामावली प्रकाशन

by newnagarikdiary
0 comment

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ।

राषंट्रपति निर्वाचन कार्यतालिका अनुसार आयोगले बुधबार ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको हो । जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ र प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्नेछन् ।

तीनजना सांसदले भने निर्वाचनमा भाग लिन पाउने छैनन् । संसाद अरूण चौधरी र टेकबहादुर गुरूङ निलम्बनमा छन्। चौधरी थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा जेल परेका थिए । तर सरकारले जेलमुक्त गरेपनि उनको निलम्बित सांसद पद संसदबाट फुकुवा भएको छैन। यसैगरी भ्रष्टाचार मुद्दामा गुरूङ निलम्बनमा छन्। नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद गुमेपछि सो स्थान रिक्त छ।

हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रियसभामा ५९ जना सदस्य छन्। संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन्। संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ।

संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ। जसको मतभार २६ हजार ४ सय हुन्छ। राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ। जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन एकाउन्न प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ।

Related Articles

Leave a Comment