Home » राष्ट्रपतिमा सुवास नेम्वाङ र रामचन्द्र पौडेल भिडने

राष्ट्रपतिमा सुवास नेम्वाङ र रामचन्द्र पौडेल भिडने

by newnagarikdiary
0 comment

माओवादीसहित आठ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले पहिला उम्मेदवारी दर्ता गराउनुभएको हो । नेम्वाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् । समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका अब्दुल खान र जनमोर्चाका चित्रबहादुर केसी लगायतका शीर्ष नेताहरूको सहभागीतामा पौडेलले उम्मेद्वारी दर्ता गर्नुभएको छ । शनिबार बसेको कांग्रेसको बैठकले गठबन्धनको समर्थनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । यता एमालेले पनि फागुन २ ५ गते सम्म राजनीतिक परिदृश्य अर्कै हुने बताएको छ ।

Related Articles

Leave a Comment