Home » राष्ट्रपतिका लागि ठोस प्रश्ताव आएको छैन: माधव नेपाल

राष्ट्रपतिका लागि ठोस प्रश्ताव आएको छैन: माधव नेपाल

by newnagarikdiary
0 comment

शिर्षक: राष्ट्रपतिका लागि ठोस प्रश्ताव आएको छैन: माधव कुमार नेपाल

राष्ट्रपति निर्वाचनलाई पावर शेयरिङको रूपमा पार्टीको भूमिका हुनुपर्नेमा माधव कुमार नेपालले बताएका छन् ।

राष्ट्रपतिका लागि कसैबाट ठोस प्रस्ताव नआएको दाबी गर्दै नेपालले आफू के बन्ने भन्ने बारे अझै सोचिनसकेको बताए । नेपालले अरुकै लागि सधैँ बलिदान नगर्ने जिकिर गर्दैं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि प्रस्ताव गर्नुभएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले कतिपय कुरालाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए ।

चुनावअघि राष्ट्रपति झलनाथ खनालको नाममा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमत भएको खुलासा गर्दै नेपालले खनाल चुनावमा पराजित भएकाले राष्ट्रपति काो बन्ने भन्ने विषयमा ठोस निर्णय नभएको दाबीसमेत गरे ।

नेता नेपालले नेपाली कांग्रेस, माओवादीलगायतका दलसँग शक्ति बाँडफाँटबारे पनि छलफल भइरहेको बताए ।

Related Articles

Leave a Comment