Home » राप्रपा नेपाल कास्कीबाट पोखराको मेयरमा गुरुङ र उपमेयरमा दवाडी

राप्रपा नेपाल कास्कीबाट पोखराको मेयरमा गुरुङ र उपमेयरमा दवाडी

by newnagarikdiary
0 comment

वैशाख १० पोखरा । राप्रपा नेपाल कास्कीले पोखरा महानगरपालिकाको मेयर र उप–मेयर पदका उम्मेदवार सर्वसहमत रुपबाट चयन गरेको छ ।

राप्रपा नेपाल कास्कीको शनिबार बसेको बैठकले मेयरमा गोविन्द गुरुङ्ग र उप–मेयरमा चिना दवाडीलाई अगाडी सार्ने निर्णय गरेको हो । पोखरा–१५ निवासी युवा नेता गुरुङ्ग राष्ट्रिय युवा मोर्चा, कास्की जिल्लाका अध्यक्ष हुन् । त्यस्तै पोखरा–६ निवासी युवा नेत्री दवाडी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीका जिल्ला अध्यक्ष हुन् ।

राप्रपा नेपाल कास्कीको शनिबार बसेको चुनाव केन्द्रित बैठकले उनीहरुलाई सो पदमा सर्वसम्मत चयन गरेको राप्रपा नेपाल कास्कीका जिल्ला सचिव सूर्य बाँस्तोलाले जानकारी दिए । त्यसैगरि पार्टीले जिल्लाका सबै वडाहरुमा उम्मेदवार उठाउने निर्णय गरेको पनि उनले बताए ।

Related Articles

Leave a Comment