Home » राप्रपाले वसन्तपुरमा उपत्यका स्तरीय चुनावी सभा गर्ने

राप्रपाले वसन्तपुरमा उपत्यका स्तरीय चुनावी सभा गर्ने

by newnagarikdiary
0 comment

निर्वाचनको मिति नजिकिदै गर्दा राप्रपाले वसन्तपुरमा उपत्यका स्तरीय चुनावी सभा गर्ने भएको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङदेनले र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ । देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो ।
राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ। राप्रपाले कार्तिक २४ गते एकदिन ६ वटा सभाको आयोजना गरेको छ । अध्यक्ष लिङदेन र पूर्व अध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

Related Articles

Leave a Comment