Home » रवि लामिछानेलाई पक्राउ गरि अनुसन्धान गर्ने बाटाे खुल्याे

रवि लामिछानेलाई पक्राउ गरि अनुसन्धान गर्ने बाटाे खुल्याे

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ ।

लामिछानेको नागरिकता अमान्य घोषित भएसँगै लामिछानेलाई पक्राउ गर्ने बाटो खुला भएको हो । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेले प्रयोगमा ल्याएको नागरिकता खारेज भइसकेको नागरिकता रहेको ठहर गर्दै उक्त नागरिकतालाई अमान्य घोषित गरिदिएको थियो । उक्त नागरिकता अमान्य घोषित भएसँगै अब लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद, सांसद र मन्त्री पदसमेत गएकाे छ ।

लामिछानेले आफूखुसी अमेरिकाको नागरिकता लिइ नेपाली नागरिकता त्याग गरिसकेपछि एकै समयमा पुरानै नेपाली नागरिकता प्रयोग गरी पासपोर्टसमेत लिएको पाइएपछि सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गृह मन्त्रालयकै निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोहोरो नागरिकता प्रयोगको सम्बन्धमा छानबिन गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेखेर जिम्मेवारी तोकेको थियो ।

दावी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।’
सोही दफाको उपदफा ३ मा ‘कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्ष देखि पाँच वर्षसम्म कैद वा बीस हजार देखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था रहेको छ ।

लामिछाने अमेरिकी नागरिक रहेकै समयमा झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै सो सम्बन्धमा छानबिन गर्न उजुरी नै परिसकेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । अब सर्वोच्च अदालतबाटै लामिछानेको राहदानी अमान्य घोषित भइसकेपछि लामिछानेको दोहोरो नागरिकताका सम्बन्धमा प्रहरीले पक्राउ समेत गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ ।

Related Articles

Leave a Comment