Home » रत्न राजमार्गमा हाईलक्स दुर्घटना

रत्न राजमार्गमा हाईलक्स दुर्घटना

by newnagarikdiary
0 comment

रत्न राजमार्गमा डब्बल क्याप हाईलेक्स दुर्घटनामा परेकाे छ
आइतबार बिहान साढे २ बजेकाे समयमा हाईलेक्स दुर्घटनामा परेकाे हाे।

सुर्खेतको भेरिगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउदै गरेकाे बाग्मति प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलेक्स रत्न राजमार्ग अन्तरगत वीरेन्द्रनगर नगरपालिका-११ झुप्राखाेला नजिक दुर्घटना परेकाे प्रहरीले जनाएको छ।

उक्त हाईलेक्स गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजि ७०/८० मिटर तल खसेको छ।

प्रहरीले  घाईतेलाई उद्धार गरि उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाएको थियाे।

यस्तै, चालक वीरेन्द्रनगर नगरपालिका-७ बस्ने २७  वर्षीय सागर शाही, दैलेखकाे डुङ्गेश्वर गाउँपालिका-३ बस्ने  ३३ वर्षीया दिपेन्द्रजंग शाही, दैलेखकाे भगवतिमाई गाउँपालिका-५ बस्ने ३१  वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ बस्ने  ३६ वर्षीय राजेन्द्र बि.सीकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै दैलेख भैरवी गाउँपालिका-५ बस्ने अन्दाजी  २५/२६ वर्षीय बिरेन्द्र राज शाही घाइते रहेकाे र उनकाे उपचार भइरेकाे प्रहरीको भनाइ रहेको छ।

बिरेन्द्रराजकाे छातीमा चोट लागेकाे छ भने उनकाे अवस्था सामान्य बोल्न सक्ने रहेको छ।

Related Articles

Leave a Comment