Home » यूरोपेली संघकी आयुक्त जुट्टा नेपाल आउदै

यूरोपेली संघकी आयुक्त जुट्टा नेपाल आउदै

by newnagarikdiary
0 comment

यूरोपेली संघकी आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधबार नेपाल आउने भएकी छन् ।

ईयूको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन अन्तर्राष्ट्रिय साझेदारीका लागि नेपाल आउने भएकी हुन् । पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो । आयुक्त उर्पिलाइनेनले नेपालमा यूरोपेली संघका विभिन्न कार्यहरुको सुरुआत गर्न आउन लागेकी ईयूले जनाएको छ ।

Related Articles

Leave a Comment