Home » यी हुन युवा संघ हाक्ने रानीपानीका युवाहरु, अध्यक्षमा गोकुल, सचिवमा डिल्ली

यी हुन युवा संघ हाक्ने रानीपानीका युवाहरु, अध्यक्षमा गोकुल, सचिवमा डिल्ली

by newnagarikdiary
0 comment

विहादी पर्वत
विहादी गाउँपालिका वडा नं. ३ रानिपानीमा राष्ट्रिय युवा संघ नेपाल वडा स्तरिय कमिटि गठन गरिएको छ । गोकुल बहादुर कुमालको अध्यक्षतामा ५५ सदस्य राष्ट्रिय युवा संघ नेपाल रानीपानी वडा कमिटि सर्वसम्मत रुपमा गठन गरिएको हो । जसको उपाध्यक्षमा बल बहादुर थापा र अर्जुन बहादुर बि.क. रहनुभएको छ भने सचिवमा डिल्लीराम पराजुली चयन हुनुभएको छ । त्यस्तै सहसचिवमा प्रदिप पराजुली र कोषाध्यक्षमा नरेश बहादुर कुमाल चयन हुनुभएको छ । सदस्यहरुमा अविजित मास्के, मिलन पराजुली, कुमार पौडेल, पवन ज्ञावली नविन पराजुली,अनिल माझी, कुशल भट्टराई,कमल कुवर,शिशिर थापा, विनायक क्षेत्री लगाएत हुनुहुन्छ । न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिर्वतन युवाको काधमा भन्ने मुल नाराका साथ शनिवार आयोजना गरिएको भेलाले राष्ट्रिय युवा संघ नेपाल वडा स्तरिय कमिटि गठन गरेको हो ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य एव् प्रमुख अतिथि अनिल मास्केले एमाले पार्टीलाई चौतर्फी आक्रमण गर्ने प्रयास चार गठनबन्धनले गरेता पनि त्यो सफल हुन नसक्ने ठोकुवा गर्नुभयो । एमालेलाई परास्त पार्न चार दलिय गठबन्धन र त्यसैमा थपिएको सर्वोच्च अदालत सहितको महागठबन्धनले प्रयास गरेता पनि त्यो सपनामा मात्र सिमित हुने ठोकुवा गर्नुभयो । उहाँले पार्टीको भविष्य उज्वल बनाउने जिम्मा युवाको काँधमा आएको भन्दै सक्रियताका साथ पार्टी संगठन मजबुत बनाउन तर्फ केन्द्रित हुन युवाहरुलाई निर्देशन दिनुभयो ।
विहादी गा.पा. वडा नं. २ का वडाध्यक्ष एवं् एमाले नेता ओम प्रसाद कुवरले नेकपा एमाले पार्टी फुटेको नभई एक टुक्रा चोइटिएर गएको बताउदै कत्ति पनि बिचलित नभई पार्टीका हरेक क्रियाकलापहरुलाई तिब्र गतिमा अगाडि बढाउन युवा पक्तिलाई आग्रह गर्नुभयो । उहाँले आगामी निर्वाचनमा वडा,स्थानिय तह, प्रदेश र संघ सम्मनै एमालेले पार्टीले विजयी हासिल गर्ने दाबी समेत गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल विहादी गा.पा.का का अध्यक्ष भोजराज भुषालले युवा जनशक्ति मुलुक निर्माणको मूल आधार भएको उल्लेख गर्दै सम्पूर्ण युवाहरु लाई राष्ट्रिय युवा संघ नेपालमा आबद्ध हुन आग्रह गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल रानीपानी वडा कमिटिका निर्वतमान अध्यक्ष राजु भट्टराईको अध्यक्षतामा भएको भेलामा एमाले नेता खोवनाथ ज्ञावली, गणेश पराजुली, नारायण भट्टराई लगाएतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नकपा एमाले वडा कमिटिका सचिव यज्ञ प्रसाद पराजुलीले गर्नुभएको थियो ।

अन्य सदस्यहरु

Related Articles

Leave a Comment