Home » यी हुन पर्वतका ५० वडा कमिटी अध्यक्षहरु,बाकीँ वडाहरुमा नेतृत्व चयन हुदै

यी हुन पर्वतका ५० वडा कमिटी अध्यक्षहरु,बाकीँ वडाहरुमा नेतृत्व चयन हुदै

by newnagarikdiary
0 comment

मुलुकको सबैभन्दा ठुलो राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले पर्वतका ५० वडामा सर्बसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।
शनिबार शुरु भएको अधिबेशनमा पर्वतका ६१ वडा मध्ये आइतबार साँझ सम्म ६१ वडामा नेतृत्व चयन भएको हो ।
नेकपा(एमाले) पर्वतका उपसचिब गोबिन्द पहाडीले दिएको जानकारी अनुसार । बिहादी, पैयु र जलजला गाउँपालिकामा सबै वडामा नेतृत्व चयन भैसकेको छ। महाशिला गाउँपालिकाका सबै वडामा नेतृत्व चयन गर्न बाँकी छ ।

पर्वतमा ५० वडामा निर्वाचित एमालेका वडा कमिटी अध्यक्षहरु

कुस्मा नगरपालिका र फलेबास नगरपालिकामा दुई दुई वटा वडामा नेतृत्व चयन हुन सकेको छैन भने मोदी गाउँपालिकामा पनि एउटा वडामा नेतृत्व चयन भएको छैन। कुस्मा नगरपालिकामा वडा नं १० र ११ मा नेतृत्व चयन भएको छैन भने फलेबास नगरपालिकामा ३ र ५ नम्बर वडामा मात्र नेतृत्व चयन गर्न बाँकी छ । यस्तै मोदी गाउँपालिकामा वडा नं ७ राम्जामा मात्रै नेतृत्व चयन भएको छैन ।

कुस्मा नगरपालिका १२ ठुलीपोखरीमा अध्यक्ष र सचिब सहित कार्यसमितका आकाँक्षी उमेदवारहरुाट नेतृत्व टुंगो लगाउने जिम्मा निर्वाचन समितिलाई दिइएको छ । वडा नं १० पिपलटारीमा नगर अधिबेशनका लागि प्रतिनिधी चयन गरिएपनि वडा कमिटी गठनको प्रकृया नै शुरु भएको छैन । एमालेका धेरै संगठित सदस्य भएको वडा भएकाले नेतृत्वका लागि पनि धेरै आकाँक्षी हुँदा थप समय लगाएर सर्वसम्मत नेतृत्व चयन गर्ने योजना बनाइएको एमाले नेता शान्त पौडेलले जानकारी दिनुभयो । फलेबासका दुई वटै वडामा पनि निर्वाचन समितिले सर्वसम्मत नेतृत्व टुंगो लगाउने प्रयास गरिरहेको छ भने मोदी १ मा पनि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष पदका आकांक्षीहरु संग छलफल जारी रहेको एमालेले जनाएको छ । महाशिला गाउँपालिकामा सोमबार देखि सबै वडामा नेतृत्व चयनका लागि अधिबेशन शुरु गरिदैछ । महाशिला ३ बालकोट र ५ लुंखुमा अधिबेनशनको प्रकृया भने शुरु भैसकेको छ ।
नगर अधिबेशनका लागि मंगलबारको समय तोकिएको भएपनि कुस्मामा कार्तिक ११ र महाशिलामा कार्तिक १४ गते नगर अधिबेशनको मिति तय गरिएको छ भने बाँकी सबै पालिकामा मंगलबार नै नेतृत्व चयन गरिएको जिल्ला अध्यक्ष पदम गिरीले बताउनुभयो । एमालेले यस पटक वडा तहमा नयाँ र पुराना दुबै थरी अनुहारलाई समेटेको छ । ‘दल बिभाजनबाट भएको क्षतिलाई कम गर्न पनि वडा तहको नेतृत्व सर्वसम्मत र सबै पक्षलाई समेटेर लैजाने प्रयास भएको हो।’ जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभा सदस्य गिरीले भन्नुभयो ‘वडा अधिबेशनपछि एमालेमा बिभाजनको कुनै असर बाँकी छैन भन्ने सन्देश दिन सफल भएका छौ।’ यस अघि पनि पर्वत जिल्लामा एमाले बिभाजनको असर असाध्यै कम देखिएको छ । यस अघि एक जना वडा अध्यक्ष र १ जना वडा सदस्य मात्रै एकिकृत समाजबादीमा लागेका थिए ।
अर्को तर्फ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)मा लागेका जिल्लाका नेताहरु पनि एमालेको अधिबेशनमा चाँसो दिदै आफुँ संग हिजो सहकार्य गरेका नेताहरु नेतृत्वमा आउन सकुन भनेर खुलेरै लागेको देखिएको छ । नेकपा(एस)का जिल्लाका नेताहरुको आफ्नो भूगोलमा समेत उनीहरुलाई साथ छाडेर सबैजसो समर्थक तथा कार्यकर्ताहरु एमालेमै गोलबन्द भएको देखिएको छ ।

Related Articles

Leave a Comment