Home » यी हुन् पर्वतका सात पालिकामा काँग्रेस सभापतिका २४ उम्मेदवार

यी हुन् पर्वतका सात पालिकामा काँग्रेस सभापतिका २४ उम्मेदवार

by newnagarikdiary
0 comment
पर्वत- नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्वतमा भोली ( शनिवार ) नगर तथा गाउँ अधिवेशन हुँदैछ । ६१ वडा रहेको पर्वतमा दुई नगरपालिका सहित पाँच गाउँपालिका छन् । पालिकाको अधिवेशन हुने निश्चित भएसँगै काँग्रेसभित्र राजनीति महोल तात्न थालेको छ । पर्वतका सात पालिका सभापतिमा २४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । जिल्लाको जलजला गाउँपालिकामा ४ जनाले पालिका सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्नेमा नेपाली काँग्रेस जलजला गाउँपालिका २ माझफाँटका पूर्व पार्टी सभापति इन्द्रप्रकाश पौडेल रहेका छन् । त्यस्तै वडा नम्वर ४ वाट भिष्म मल्लले उम्मेदवारी घोषण गरेका छन् । मल्ल सोही वडाका वडा अध्यक्ष हुन् | नेपाली काँग्रेस शालिजाका पूर्व पार्टी सभापति बलवहादुर पुनले पनि पालिका सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । जलजला वडा नम्वर ८ नाग्लिवाङवाट वडा अध्यक्ष हरिविकास जिसीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कुश्मा नगरपालिकामा ५ जनाले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कुश्मा नगरपालिका -२ खुर्कोटका वडा अध्यक्ष यदुनाथ बास्तोलाले सबैभन्दा पहिला उम्मेदवारी घोषणा गरेका हुन । त्यस्तै कुनपा -३ दुर्लुङवाट दुई जनाले उम्मेदवारी घोषण गरेका हुन् । उम्मेदवारी घोषणा गर्नेहरुमा कुलराज पोखरेल र कृष्णराज उपाध्याय रहेका छन् ।
नगर सभापतिमा नेपाली काँग्रेस ट्रेड युनियन काँग्रेस पर्वतका सभापति एवम नेपाली काँग्रेसका युवा नेता सुरेन्द्र केसीले आफ्नो उम्मेदवारी घोषण गरेका छन् , भने अर्का काँग्रेस नेता किशोर भण्डारीले पनि उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्ने धेरै भएपनि अन्तिममा दुई जनाबीचनै प्रतिस्पर्धा हुने नेताहरुले बताएका छन् । मोदी गाउँपालिकामा हालसम्म ३ जनाले सर्वाजानिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेस मोदी गाउँपालिका सभापति जीवनाथ शर्माले पुनः सभापतिमा दोहोरिन खोजेका छन् । त्यस्तै नेपाल तरुण दल मोदी गाउँपालिका अध्यक्ष निर्देस लामिछानेले सभापतिमा उम्मेदवारी दिने पक्कापक्की भएको छ भने निर्माण व्यवसायी पदमपाणि शर्माले मोदी गाउँपालिकाको सभापति आफ्नो शसक्त दावी रहेको बताएका छन् । फलेवास नगरपालिकामा हालसम्म ४ जनाले उम्मेदवारी घोषणा गरेपनि आकाँक्षीको संख्या बढ्न सक्ने आँकलन गरिएको छ
सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै खानीगाउँवाट क्षेत्रिय सदस्य दुर्गादत्त तिवारी र कुर्घाका निवर्तमान वडा सभापति अमरवहादुर क्षेत्रीले पनि नगर सभापतिमा उम्मेदवारी दिनेकुरा बाहिर आएको छ । महाशिला गाउँपालिवाट दुई जनाले पालिका सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट अध्यक्ष पदका प्रत्यासी बनेका उज्वल गुरुङ र महाशिला गाउँपालिका -५ लुंखुका वडा सभापति डिल्लीराम उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् । विहादी गाउँपालिकामा पनि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्नेहरुमा बिष्णुप्रसाद भुषाल र रामप्रसाद पराजुली रहेका छन् । भुषाल बिहादी गाउँगाउँपालिका सभापति हुन् । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पैयु गाउँपालिका दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । पालिका सभापतिमा डम्मर प्रधान पुर्व क्षेत्रिय सभापति तोयनाथ ‘ भुषालले उम्मेदवारी घोषणा गरेका छन् । गाउँ / नगर पदाधिकारीमा एक सभापति , दुई उपसभापति , दुई सचिव , दुई सहसचिव तथा निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुनेछन् ।

Related Articles

Leave a Comment