Home » यस्तो छ पल र समीक्षाको वास्तविकता

यस्तो छ पल र समीक्षाको वास्तविकता

by newnagarikdiary
0 comment

नायक पल शाह र गायिका समीक्षा अधिकारी पछिल्लो केही समयदेखि मिडियासँग भागिरहेका छन् । उनीहरूको डर एउटै छ, आफूहरूबीचको अन्तरंग सम्बन्धबारे सोधिनसक्ने प्रश्न । करिब दुई महिना अघिदेखि समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे कलाकारिता क्षेत्रमा चियोचर्चो सुरू भएको थियो । तर, सार्वजनिक चर्चामा आइसकेको थिएन । अब भने यो विषय लुकाएर लुक्ने अवस्था रहेन । उनीहरू दुवैले बोल्न नचाहे पनि वा अस्वीकार गरे पनि एक-कान दुईकान हुँदै छ्याप्छ्याप्ती भइसकेको छ । हिजो एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने फिल्मी कार्यक्रममा उनीहरूको सम्वन्धबारे प्रश्न उठाइएपछि सामाजिक सञ्जालमा धेरैले जिज्ञासा व्यक्त गरिरहेका छन् । दुवैजना पब्लिक फिगर भएको हुँदा यसबारे सरोकार राखिनु अस्वभाविक होइन । आखिर के हो त वास्तविकता ? हामीले केही खोजिनीति गरेका छौं । नायक पल शाह (वास्तविक नाम पूर्णविक्रम शाह) ले सिने नगरीभित्र ‘प्ले ब्वाइ’ छवि बनाएका छन् । चलचित्र वा म्युजिक भिडिओमा सहकार्य गरेका धेरै महिला कलाकारसँग उनको नाम जोडिएको छ ।

पछिल्ल्लोपटक उदीयमान गायिका समीक्षा अधिकारी उनीसँगको सम्बन्धमा जेलिन पुगिन् । जानकारहरूका अनुसार ६-७ महिना अघिदेखि वर्षदेखि पल र समीक्षानिकट भएका हुन् । यो निकटताले गम्भीर मोड लिएका कारण नै उनीहरू दुवै अहिले मिडियासँग तर्किरहेका छन् । यसको सबै वास्तविकता उनीहरूले नै जान्ने कुरा हो । तर, धेरैवटा विश्वसनीय स्रोतले हामीलाई दिएको जानकारीको समष्टी यस्तो छ :-

६ महिना अगाडि युट्यूवमा रिलिज भएको ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङका क्रममा पल र समीक्षा नजिकिए । खेम सेन्चुरी मिलेर गाएको यो गीतको भिडिओमा समीक्षाले पलको जोडीका रूपमा अभिनयसमेत गरेकी छन् । चितवनमा भएको सुटिङका क्रममा नै उनीहरू ‘रिल जोडी’ बाट ‘रियल जोडी’ बन्न पुगे ।

समीक्षासँगको निकटतालाई पलले हल्काफुल्कारूपमा लिएका थिए । समीक्षा भने पलसँगको सम्बन्धमा सिरियस हुन थालिन् । उनी पहिल्यैदेखि पलकी फ्यानसमेत हुन् । आफूले सानैदेखि गीत र फिल्ममा हेर्दै आएको स्टारसँग रिलेसनसीपमा बस्न पाउँदा उत्साहित थिइन् समीक्षा । तर, केही समयमै कुरा बिग्रियो ।

पल बिस्तारै समीक्षासँग टाढिने प्रयासमा लागे । फोन नउठाउने र म्यासेज रिप्लाइसमेत नगर्ने भएपछि समीक्षाको छट्पटाहट सुरू भयो । उनी पलसँग छुट्टिनै नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । त्यसपछि उनीहरूबीच झगडा हुन थाल्यो । समीक्षाले आफ्ना निकटस्थहरूलाई सेयर गरेअनुसार पलले उनलाई भनेका थिए, ‘तिमीजस्तो अफेयर मेरो कतिजनासँग भयो कति ।’उनले अर्की एक म्युजिक भिडिओ मोडलको उदाहरणसमेत दिएर ‘धेरै निहुँ खोजे उसलाई जस्तै अप्ठेरोमा पारिदिनसक्ने’ भनेर समीक्षालाई धम्याएका थिए ।

पलको बोली र व्यवहारबाट समीक्षा विक्षिप्त बन्न पुगिन् । एक-डेढ महिनाजति उनले नयाँ गीत गाउन पनि सकिनन् । करिब डिप्रेसनकै अवस्थामा पुगेपछि उनले आफन्त र नजिकका केही साथीहरूलाई आफ्नो पीडा सेयर गरिन् । सबैसँग सल्लाहपछि निर्णायक कदम चाल्ने निधोमा पुगिन् ।

समीक्षाले पललाई यदि सम्बन्ध तोडेको खण्डमा आफूसँग रहेका फोटो/भिडिओहरू बाहिर ल्याइदिने र पुलिस केससमेत गर्ने चेतावनी दिइन् । त्यसपछि भने पल हच्किए । १७ वर्षीया समीक्षा उमेरले नाबालिग भएको हुँदा पल कानूनी झमेलामा फस्न सक्ने प्रचुर सम्भावना थियो । त्यसैले उनी लचिलो भए ।

स्रोतका अनुसार सुरूमा उनले समीक्षालाई आर्थिक प्रलोभन दिएका थिए । एक करोडको अफर गर्दा समीक्षाले ठाडै अस्वीकार गरिन् । ‘म … हो र ?’ भन्दै कडा जवाफ दिएपछि पल उनीसँग समझदारीमा आउन वाध्य भए ।

समीक्षाको मामा पर्ने एक पूर्वगृहसचिवको रोहबरमा उनीहरूबीच विवाहको मौखिक समझदारी भयो । त्यसपछि फेरि समीक्षाको परिवार र दुई सञ्चारकर्मीको रोहबरमा लिखित समझदारी भएको स्रोतको दावी छ । अपुष्ट दावीअनुसार दुई वर्षपछि समीक्षा बालिग भएसँगै विवाह गर्न पलले लिखित सहमति जनाएका छन् ।

उनीहरूको विषयमा गाइँगुइँ सुरू भएसँगै पल आफैं समीक्षासँग बिहे गर्न हतारिएको र उमेर बढाएर नागरिकता बनाउन दबाब दिएको चर्चा पनि छ । यद्यपि, आफ्ना निकटस्थहरूसँग उनी आफूप्रति समीक्षाको ‘एकतर्फी क्रेज’ मात्र रहेको बताउने गर्छन् ।

पल-समीक्षाको विषयमा धरै मिडियाकर्मीहरूलाई थाहा भए पनि सबैले गुपचुप राखेका छन् । टेलिभिजन कार्यक्रम ‘रजतपट’ मा केही समयअघि पल र समीक्षाबारे रिपोर्ट प्रसारण गर्न लागिएको तर पलको दवावमा रोकिएको चर्चा चलेको थियो । यसमा आर्थिक लेनदेनको कुरा समेत उब्जिएको थियो ।

चम्किलो करिअरमा धक्का नपरोस्

पल शाह नेपाली फिल्म र म्युजिक भिडियोका स्टार हुन् भने समीक्षा नयाँ पुस्ताकी आशालाग्दी गायिका । दुवैको उज्यालो करिअरलाई यो प्रकरणले असर पार्न सक्ने देखिएका छ ।

किशोरावस्थामै समीक्षाले कमाएको चर्चा र सफलता निकै लोभलाग्दो छ । उनको स्वरका पारखी धेरै छन् । तर, सानै उमेरदेखि प्रेम सम्बन्धमा फँस्दा उनको करिअर प्रभावित बन्न थालेको छ ।

पल शाहका लागि भने कसैसँग नाम जोडिनु कुनै नौलो कुरा होइन । यसअघि उनको आँचल शर्मा, मल्लिका महत, गरिमा शर्मालगायत नायिका/मोडलसँग निकटता थियो । उमेरले नाबालिग समीक्षासँगको अफेयर भने पलका लागि महंगो पर्न सक्छ । नाबालिगसँगको सम्वन्धलाई समाज र कानूनले जायज मान्दैन ।

साथै, पलले सामाजिक कामहरूमार्फत कमाएको ‘रियल हिरो’ को प्रतिष्ठालाई ‘प्ले व्वाइ’ छविले धुमिल पारिरहेको छ ।

पल शाह भन्छन्- समीक्षाले मलाई अभिभावकको रूपमा लिन्छिन् पलले समीक्षासँगको सम्बन्ध अस्वीकार गरे । आफूले दुई हप्तादेखि यस्तो हल्ला सुनेको तर सत्य नभएको उनको प्रतिक्रिया छ । समीक्षाले आफूलाई ‘अभिभावकका हिसाबले’ लिने गरेको पलले बताए ।

नेपाल प्रेस बाट साभार

Related Articles

Leave a Comment