Home » मोरङ क्षेत्र नम्बर ३.क को प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको निधन

मोरङ क्षेत्र नम्बर ३.क को प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको निधन

by newnagarikdiary
0 comment

मोरङ क्षेत्र नम्बर ३ ९१० को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ ।
नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो । उनको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ ९१० प्रदेशसभाको निर्वाचनका लागि नयाँ प्रक्रिया हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।

असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै उनी बिरामी थिए । भोलिपल्ट असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना भएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो । उक्त अस्पतालमा १७ दिन आइसीयू र ५ दिन वार्डमा राखेर उपचार गरिएको थापाका सहयोगी ज्ञानु कट्वालले बताए ।

Related Articles

Leave a Comment