Home » मोदी नेपालमा राजा फर्काउन लागिपरेको भारतीय कम्युनिष्ट नेताको भनाई

मोदी नेपालमा राजा फर्काउन लागिपरेको भारतीय कम्युनिष्ट नेताको भनाई

by newnagarikdiary
0 comment

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न

पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ । अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्रबाट आएका विभिन्न पार्टीका

प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरे । कोभिड र अन्य कारणले उपस्थिति हुन नसकेका पार्टीका नेताहरुले भिडियो र लिखित सन्देशमार्फत शुभकामना दिए ।चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमालेको महाधिवेशन सफलताको कामना गर्दै भिडियो सन्देश पठाएको छ ।

उक्त भिडियो सन्देशमा एमालेले द्विपक्षीय हितमा काम गर्ने र द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने उल्लेख छ । सन्देशमा भनिएको छ, ‘सीपीसी एमालेसँग सहकार्य गर्न तयार छ । राष्ट्रपतिको नेपाल भ्रमणले विकास र समृद्धिका लागि साझेदारी नयाँ रणनीतिक उचाईमा पुगेको छ । एमालेले सकारात्मक योगदान पुर्याएको छ । चीन नेपालसँग काम गर्न तयार छ । पारस्परिक सम्मान र समृद्धिका लागि एमालेसँग मिलेर काम गर्न तयार छ ।

’टर्कीको भाटन पार्टीका अध्यक्ष डा. डोगु पेरिन्सेकले कोभिड महामारीका कारण प्रभावित भएकाले उपस्थित हुने नसकेको उल्लेख गरेका छन् । उनले भविष्यमा नेपाल भ्रमण गर्ने र एमालेका नेतासँग वसर मिल्नेछ जनाएका छन्। साधै महाधिवेशनको शुभकामनाका पनि दिएका छन् ।

Related Articles

Leave a Comment