Home » माध्यरातमा एमाले बैठक सौराहामा: पदाधिकारी र सदस्यहरूको संख्या थप्ने

माध्यरातमा एमाले बैठक सौराहामा: पदाधिकारी र सदस्यहरूको संख्या थप्ने

by newnagarikdiary
0 comment

पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । एमाले नेता शेरबहादुर तामाङका अनुसार ओलीले पार्टी एकतामा विशेष जोड दिँदै बैठकमा सो प्रस्ताव राखेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । एमाले नेता शेरबहादुर तामाङका अनुसार ओलीले पार्टी एकतामा विशेष जोड दिँदै बैठकमा सो प्रस्ताव राखेका थिए ।

हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकमा ओलीले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका थिए । विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै विधान बाट हटाइएको पाेलिटब्युरोलाई ब्युँताएर ९९ सदस्यीय बनाउने ओलीले प्रस्ताव गरेका थिए ।

बैठकमा ओलीले पदाधिकारीको सङ्ख्या थप गर्ने प्रस्ताव पनि गरेका थिए । अध्यक्ष ओलीको प्रस्ताव अनुसार पदाधिकारीको सङ्ख्या १५ बाट थपेर १९ पुर्‍याउने भनिएको छ । यसमा उपाध्यक्ष र उपमहासचिवमा २-२ जना थप्ने भनिएको छ । नयाँ प्रस्तावअनुसार उपाध्यक्ष र उपमहासचिवको सङ्ख्या ७ र ३ पुग्नेछ । नयाँ विधानअनुसार एमालेमा ५ उपाध्यक्ष र १ उपमहासचिव रहने व्यवस्था थियो । स्थायी समिति भने ४५ सदस्यीय यथावत राखिएको छ । यता आयोगहरू २५ सदस्यीय र प्रदेश र जिल्लाको आधार संख्या ७५ बनाउने प्रस्ताव गरिएको थियो ।

१० औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने भनेर उद्घोष गरेको नेकपा एमालेलाई नेताहरुको व्यवस्थापनमा भने सकस देखिएको छ । यसपटक प्यानल बनाएर चुनाव लड्ने नदेखिएपनि निर्धारित पदभन्दा पनि बढी आकांक्षी देखिएपछि उनीहरुको व्यवस्थापनमा सकस देखिएको हो । सबै पदमा आकांक्षीहरु धेरै देखिएपछि पार्टीमा विधान संशोधनको तयारी गरिएको हो ।

Related Articles

Leave a Comment