Home » माधव नेपालले ओलिलाई संकेत: आत्मालोचना भनेको त यहाँ गर्जेको देख्दा अचम्म लाग्यो

माधव नेपालले ओलिलाई संकेत: आत्मालोचना भनेको त यहाँ गर्जेको देख्दा अचम्म लाग्यो

by newnagarikdiary
0 comment

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै संविधानको रक्षाका खातिर उभिन चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता नेपालले गिरिजाकाल र उहिले देउवाकालको सरकार नभएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई संसद् विघटन नगर्न सुझाव दिए ।

नेपालले प्रधानमन्त्री दाहाललाई प्रतिगमनको कदम चालिएको विगतको दिनको सम्रण गराउँदै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै आत्मालोचना गरेको होला भनेको त यहाँ गर्जेको देख्दा अचम्म लागेको बताएका छन् ।

उनले संविधानको कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रियता राष्ट्रिय स्वाभिमानलाई जोड दिने आशाका साथ सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

Related Articles

Leave a Comment