Home » माधव कुमार नेपाललाई ओलिद्धारा राष्ट्रपतिमा प्रश्ताव

माधव कुमार नेपाललाई ओलिद्धारा राष्ट्रपतिमा प्रश्ताव

by newnagarikdiary
0 comment

शिर्षक: माधव कुमार नेपाललाई ओलिद्धारा राष्ट्रपतिमा प्रश्ताव
राष्ट्रपति चुनावलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको हो। एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेका छन् ।

नेकपा एमाले र कांग्रेसलाई लिएर राष्ट्रपतिको रस्साकस्सी चलिरहेका बेला सोमबार कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राखेको स्रोतको दाबी छ।

‍नेकपा एस र एमाले एक हुँदा कांग्रेससँग संसदमा हैसियत बराबर हुने र संविधानको धारा ७६ (३) मा जान सजिलो हुने हुँदा प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा कांग्रेससँग बराबर हुन्छ।

पार्टी एकतासहित ओलीले गरेको प्रस्तावमा नेपाल सकारात्मक रहेको स्रोतको भनाइ छ। ती स्रोतका अनुसार नेपाल राष्ट्रिय सहमतिमा आफू राष्ट्रपति बन्न तयार छन् । जसका लागि एमाले र माओवादीको प्रस्ताव र कांग्रेसको समर्थन हुनुपर्ने उनको अडान छ ।

Related Articles

Leave a Comment