Home » माधवकुमार नेपालले भने सत्ता गठबन्धनमा सामेल हुन सकिंदैन

माधवकुमार नेपालले भने सत्ता गठबन्धनमा सामेल हुन सकिंदैन

by newnagarikdiary
0 comment

माधवकुमार नेपालले सत्ता गठबन्धनमा सामेल हुन नसकिने बताएका छन्।

सोमबार पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन नसकिने बताएका हुन् ।

वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरेको बताउँदै कसैको पक्षमा झुकेर नलाग्ने नेपालले बताएका छन् । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने नेपालले बताएका छन् ।

समाजवादीको पोलीटब्युरो बैठक जारी छ। शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थनका विषयमा धारणा बनाउन सकेको थिएन । समाजवादीभित्र सरकारमा सहभागिताका विषयमा मत बाँझिएको छ। केही नेताहरूले वर्तमान सरकारलाई समर्थन मात्रै गर्नुपर्ने बताउँदै आएका छन् भने केहीले सरकारमै सहभागी हुनुपर्नेमा जोड दिएका छन्।” />

Related Articles

Leave a Comment