Home » मादीबाट गठबन्धनका उम्मेद्वारको उद्घोष : बैशाख ३० गते धुलो चटाउछौं

मादीबाट गठबन्धनका उम्मेद्वारको उद्घोष : बैशाख ३० गते धुलो चटाउछौं

by newnagarikdiary
0 comment

पोखरा । मादी गाउँपालिकामा गठबन्धनले घरदैलो कार्यक्रम तिब्र पारेको छ । गठबन्धनका साझा उम्मेद्वारहरुले मादी ५ र ११ मा घरदैलो एबम कोणसभा गरेका छन् ।

कार्यक्रममा बोल्दै गठबन्धनका नेताहरुले प्रतिगमनबिरुद्धको आन्दोलनमा आफूहरु एक भएर लागेको र यसरी नै लागि रहने बताए । मादीमा गठबन्धनबाट पालिका अध्यक्षका साझा उम्मेद्वार बनेका नेपाली कांग्रेसका देवी जंग गुरुङले दुई तिहाईको बहुमत ततेरेर खान नसकेबो बताए । ‘फेरि विकासमा सिन्को नभाँच्ने उल्टै मादीको नाम बद्नाम गर्नेलाई मादीले चिनि सकेको छ,’ उनले भने । मादीमा अघिल्लो सरकारले पक्षपातपूर्ण विकास गरेको भन्दै उनले त्यसलाई हटाएर पक्षपात नगरि प्राथमिकताका आधारमा योजना छुट्याउने बताए ।

गठबन्धनका मादी गाउँपालिका उपाध्यक्ष पदका उम्मेद्वार माओवादी केन्द्रका लालबहादुर गुरुङले मादीको विकास मादीबासिले नै गर्न सक्ने बताउँदै चुनावमा गठबन्धनका उम्मेद्वारलाई मत हाल्न आग्रह गरे । ‘चलचित्र खेलेर, फिल्म खेलेर मात्रै मादीको विकास हुँदैन । मादीको माटो चिन्ने उम्मेद्वारले नै मादी बनाउन सक्छ,’ उनले भने ।

नेकपा माओवादी गण्डकी प्रदेश इन्चार्ज एवम प्रदेश सांसद गायत्री गुरुङले मादीको पालिका स्तरिय गठबन्धन कसैको रिस, ईष्याले नडगमगाउने बताइन् । ‘विजय सुनिश्चित छ । मादीको विकासमा आफूले गरेको कैयौ विकास निर्माणलाई भ्रम सिर्जना गरेर, एमालले बनावटी कुरा गरेको छ,’ उनले भनिन्, ‘यस्ता भ्रष्ट मानसिकता परास्त नगरे मुलुक र मादीको विकास उल्टो फर्कन्छ । त्यसैले मादीबासि सचेत हुनुपर्छ ।’

संघीय सांसद नेकपा माओवादी केन्द्रका नेतृ देव गुरुङकी श्रीमति यशोधा गुरुङ सुवेदीले गठबन्धन मर्म फराकिलो रहेको हरेक परिवर्तन लोकतान्त्रिक र शक्तिको एकताबाट मात्रै सम्भव रहेकाले अहिलेको गठबन्धन त्यसको निरन्तरता रहेको बताइन् । गठबन्धनले समृद्ध मादी निर्माणमा कोषेढुंगा साबित हुने बताउँदै मादीमा केही अवसरवादी व्यक्तिको अदलबदललाई महत्व नदिई गठबन्धनलाई निश्कर्षमा पु¥याउन आम नगरिकलाई अपिल समेत गरिन् ।

मादी ११ र ५ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसका नेताहरुको उपस्थितिमा कोणसभा एबम घरदैलो कार्यक्रम सम्पन्न भएको हो । मादी ११ नेपाली कांग्रेस मादी ११ का कार्यसमिति सभापति बाबुराम रानाभाट अध्यक्षतामा गरेका थिए ।

कार्यक्रममा एकिकृत समाजवादीका रणबहादुर लामाले स्वागत मन्तव्य राखेका थिए । यस्तै नेपाली कांग्रेसका वडा नम्बरका ११ का अध्यक्ष चलचित्र गुरुङ, माओवादीतर्फका मित्रलाल गुरुङ, नेपाली कांग्रेस मादी गाउँपालिका सभापति याबहादुर गुरुङ, नेकपा माओवादी मादी अध्यक्ष तोरण गुरुङ, नेपाली कांग्रेस क्षेत्र नम्बर एकका सचिव सरोज केसीले बोलेका थिए । गठबन्धनले यो चुनावमा कागजी बादशाहलाई धुलो चटाउने उद्घोष गरेका छन् । मादी ५ को बयरघारी, थाम लङ्काथर, तितेपानी, सुनपदेली लगायतका ठाउँमा वडाका र गाउँपालिकाका उम्मेद्वारले घरदैलो एवम कोणसभा गरेका छन् ।

Related Articles

Leave a Comment