Home » माछापुच्छ्रे गाउँपालिकाबाट नेपाली कांग्रेसको विजको सुरुवात, अध्यक्षमा मिनबहादुर गुरुङ र उपाध्यक्षमा अधिकारी विजयी

माछापुच्छ्रे गाउँपालिकाबाट नेपाली कांग्रेसको विजको सुरुवात, अध्यक्षमा मिनबहादुर गुरुङ र उपाध्यक्षमा अधिकारी विजयी

by newnagarikdiary
0 comment

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

आइतबार मध्यराती सम्पन्न मतपरिणाम अनुसार उनले आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरले पारिजत गर्दै निर्वाचित भएका हुन् ।

कांग्रेसका मिनले ५ हजार ९८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रमले ५ हजार ५१५ प्राप्त गरे ।

यस्तै उपाध्यक्षतर्फ नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटम प्रत्यासी एमालेकी सीता तिवारीलाई ४२५ मतान्तरले पराजीत गरिन् । अधिकारीले ५ हजार २७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८९७ मत प्राप्त गरिन् ।

माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट ७ वटा वडामा विजयी भएको छ । जसमध्य वडा नम्वर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिचन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी, ५ मा नारदप्रसाद पौडेल, ८ मा राम गुरुङ र ९ मा हरिबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै वडा नम्वर ६ मा नेकपा एमालेका टेकनाथ गौतमा र ७ मा नेकपा माओवादी केन्द्रका बैकुण्ठ प्रसाद भण्डारी निर्वाचित भएका छन् ।

 

 

Related Articles

Leave a Comment