Home » माघी महोत्सव २०७९ शनिबार वर्ष टुँडीखेलमा आयोजना गरिने

माघी महोत्सव २०७९ शनिबार वर्ष टुँडीखेलमा आयोजना गरिने

by newnagarikdiary
0 comment

माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ ।

हरेक वर्ष माघ १ गते भव्यताका साथ माघी पर्व मनाउने गरिन्छ । यस वर्ष २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो ।

महोत्सवमा थारू सांस्कृतिक झाँकी, याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष योगदान पुयाएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ ।

यस पटक थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ । ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, खरिया सुँगुर÷बङ्गुरको मासु र परेवाको मासु परिकारका रूपमा रहने छन् । त्यसैगरी माछा, घोङ्घी, गङ्गटो, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटीलगायत परिकार पनि राखिने भएको छ ।

महोत्सवमा थरूहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुँदैछ ।

Related Articles

Leave a Comment