Home » माओवादी गण्डकी प्रदेश अधिवेशन शनिवारदेखि पोखरामा हुदैँ

माओवादी गण्डकी प्रदेश अधिवेशन शनिवारदेखि पोखरामा हुदैँ

by newnagarikdiary
0 comment

नेकपा माओवादीले २५ र २६ गते पोखरामा  गण्डकी प्रदेश अधिवेशन गर्ने भएको छ । अधिवेशन सम्पन्न गर्न  २० वटा उपसमिति बनाइएको छ । प्रदेशका पालिकाहरूका समेत अधिवेशन सकेर प्रदेशको अधिवेशन गर्न लागेको माओवादीले जनाएको छ ।

प्रदेशका प्रवक्ता देवेन्द्र पराजुलीका अनुसार कास्कीका केही पालिकामा नयाँ कमिटी निर्माण  गरे पनि पदाधिकारी चुन्न बाकी रहेको बताउनु भयो ।

हाम्रो पार्टीको अधिवेशनमा भाग लिने प्रतिनिधिले पहिला सङ्गठन कमिटी सदस्य चुन्ने छन् ,’ त्यस पछि मात्रै प्रदेश कमिटीको लागी , ‘सङ्गठन कमिटीले पदाधिकारी चुन्ने छ ।’ माओवादी गण्डकीका इन्चार्ज हितराज पाण्डेले बताउनु भयो ।  पदाधिकारीमा सर्वसम्मत नेतृत्व नटुङीए चुनाव गर्न प्रावधान रहेको पाण्डेले बताउनु भयो ।

‘प्रदेश अधिवेशनमा स्थानीय तहबाट ६ सय, मनोनीत ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्च, गण्डकीबाट ४३ र प्रदेश सल्लाहकार ४७ जना गरी ८४६ जना प्रतिनिधि आउने छन् ।
प्रतिनिधिहरूले गण्डकी प्रदेश कमिटी सदस्यहरूले  अध्यक्षसहित पदाधिकारी चयन गर्दै छन् । अधिवेशनबाट गठन हुने प्रदेश कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित र मुस्लिम तथा सीमान्तकृतको सहभागिता रहने माओवादीले जनाएको छ ।

माओवादी गण्डकीमा २२९ सदस्यीय रहनेछन्, जसमा ९ जना पदाधिकारी रहने व्यवस्था माओवादीले गरेको छ ।

Related Articles

Leave a Comment