Home » माओवादीको बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमकटेल

माओवादीको बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमकटेल

by newnagarikdiary
0 comment

माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जमरकटेलको नाम चयन भएको छ ।

शनिबार काठमाडौं भएको एक छलफलमा दलको नेतामा जमरकटेलको नाम अघि सारिएको प्रदेश सांसद कुमारी मोक्तानले जानकारी दिइन् । संसदीय दलको नेतामा जमरकटेलको नाम प्रस्तुत भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका छन् । दलको नेतामा अर्का प्रदेश सांसद सहयात्रीले पनि दावी गरेका थिए । संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशनपनि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए ।

निर्वाचनबाट संसदीय दलको नेता चयनको माग गर्दै आएका प्रदेश सांसद सहयात्रीले पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिको नाममा जमरकटेललाई दलको नेता बनाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् ।

Related Articles

Leave a Comment