Home » माओवादीकी उर्मिला अर्याल राष्ट्रिय सभामा सर्वसम्मत उम्मेद्वार

माओवादीकी उर्मिला अर्याल राष्ट्रिय सभामा सर्वसम्मत उम्मेद्वार

by newnagarikdiary
0 comment

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल सर्वसम्मत हुने निश्चित भएको छ ।

नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल सर्वसम्मत हुने निश्चित जस्तै बनेको छ । सत्तारूढ दलका तर्फबाट माओवादी केन्द्रले अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेसंगै उपाध्यक्षमा अर्यालको उम्मेद्वारीलाई कांग्रेसले समर्थन गर्ने भएको छ । अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो । २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय हुनुहुन्थ्यो ।

अर्याल २०६३ मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत बन्नुभएको थियो । अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बन्नुभएको थियो । उहाँ अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य समेत हुनुहुन्छ ।

Related Articles

Leave a Comment