Home » माअाेवादी नेकपा एस र समाजवादीबिच एकता प्रक्रिया सुरू

माअाेवादी नेकपा एस र समाजवादीबिच एकता प्रक्रिया सुरू

by newnagarikdiary
0 comment

लफनेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक प्रक्रिया सुरु भएकाे छ |

माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वमा, एकीकृत समाजवादीले पार्टीका महासचिव बेदुराम भुसालको नेतृत्वमा र जसपाले पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको अध्यक्षतामा वार्ता समिति गठन गरेका छन् ।

तीन वटै दलबीच एकताका लागि शीर्ष तहमा अनौपचारिक सहमति भए पनि वाम एकता गर्ने कि समाजवादी केन्द्र बनाउने भन्ने कुरामा सहमति बन्न नसकेको स्रोतले जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट तथा माओवादी शब्द हटाएर समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका छन् तर माओवादी र एकीकृत समाजवादी पार्टी कम्युनिस्ट शब्द राख्नुपर्ने पक्षमा देखिएका छन् ।

जसपा नेपाल स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिइसकेपछि पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने छ । जसपाले गठन गरेको वार्ता समितिका सदस्य गोविन्द चौधरीले आवश्यकताअनुसार दलहरुसँग छलफल गर्दै जाने बताए ।

आज एकीकृत समाजवादीसँग औपचारिक छलफल सुरु हुने उनले बताए । त्यसपछि अन्य दलसँग विस्तारै कुराकानी अगाडि बढ्ने बताउँदै उनले माओवादी केन्द्रसँग मात्र होइन, जसपा नेपालको विचार, सिद्धान्त मिल्ने अन्य दलसँग पनि छलफल गर्दै एकताका लागि पहल गर्ने जानकारी दिए ।

एकीकृत समाजवादीका महासचिव एवं वार्ता समितिका संयोजक बेदुराम भुसालले पहिलो चरणमा जसपासँग कुराकानी हुने, त्यसपछि माओवादी के्रन्द्रसँग कुरा सुरु हुने बताए । जसपासँग अनौपचारिक छलफल सुरुदेखि चल्दै आइरहेको भन्दै उनले अब चाँडै नै औपचारिक छलफल सुरु हुने बताए ।

आज नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठकले माओवादी केन्द्रसँग एकताका लागि वार्ता समिति बनाउने भनिएको छ । माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको नेसपाले अन्य विषयमा छलफल गर्न औपचारिक रुपमा वार्ता समिति बनाउन लागेको बताइएको छ ।

Related Articles

Leave a Comment