Home » मर्दी हिमालको आधार शिविरमा समर स्की महोत्सव हुने

मर्दी हिमालको आधार शिविरमा समर स्की महोत्सव हुने

by newnagarikdiary
0 comment

कास्कीको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन गर्दै समर स्की खेलको विकास गर्ने उद्देश्यले मर्दी हिमालको

आधार शिविरमा महोत्सवको आयोजना गर्न लागिएको छ ।  आगामी माघ २७ देखि फागुन ३० सम्म स्की महोत्सव गर्न लागिएको दिगो हिमालयन कोषका सदस्य प्रभात अधिकारीले बताउनुभयो ।  उहाँले नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले

महोत्सवको आयोजना गर्न लागिएको बताउनुहुँदै यसले पर्यटन क्षेत्रमा उत्साह थप्ने बताउनुभयो ।  संस्थाले यसअघि मनास्लु, कालिन्चोक लगायतका स्थानमा महोत्सवको आयोजना गरिसकेको छ ।  अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापा मगरको प्रशिक्षण तथा सहजीकरणमा महोत्सव गर्न लागेको

आयोजक संस्थाका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो ।  मर्दी हिमालको आधार शिविरमा आयोजना गरिएको महोत्सवपछि यस क्षेत्रको पदयात्रालाई थप सहयोग  पुग्ने उहाँको विश्वास छ । महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेशको उद्योग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ, टान, गण्डकी अल्पाईन क्लब लगायतकाले सहकार्य रहने थापाले बताउनुभयो ।

महोत्सव अन्तर्गत पदयात्रा, आधारभूत स्की तथा स्नोबोर्ड तालिम, जीवन रक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्की सम्बन्धित वृत्तचित्रहरू प्रदर्शन गरिने अध्यक्ष थापाले बताउनुभयो ।  यसैगरी, धौलागिरि हिमालमा डाउन हिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ भन्ज्याङ, फ्रान्सको ब्यालेन्स हिमाल, गोसाईंकुण्ड, मिरा हिमाल, मुक्तिनाथ क्षेत्र मनाङ लगायतका स्थानमा स्की पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमहरू सम्पन्न गरिसकेको छ ।

महोत्सवले आन्तरिक पर्यटनको प्रवर्द्धन हुने र नेपालको पर्यटनमा नयाँ खेलका रुपमा विकास हुने आयोजकको विश्वास रहेको छ । ग्रेट हिमालयन स्की भ्रमण नाम दिइएको महोत्सव सम्पन्न गर्न १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवमा भाग लिनेको बीमाका लागि २ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Comment