Home » मन्त्री भएको साढे दुई महिनापछि डोवाटेले सम्हाले मन्त्रालयको जिम्मेवारी

मन्त्री भएको साढे दुई महिनापछि डोवाटेले सम्हाले मन्त्रालयको जिम्मेवारी

by newnagarikdiary
0 comment

मन्त्री नियुक्त भएको साढे दुई महिनापछि गण्डकी प्रदेशका विनाविभागिय मन्त्री डोवाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

मन्त्रीपरिषद्को बैठकले कार्यविभाजन नियमावली २०७४ संशोधन गर्दै थप एक मन्त्रालय बढाएर काङग्रेस बाट मन्त्री बन्नुभएका विश्वकर्मालाई मन्त्रालयको जिम्मा दिईएको हो । उहाँ आन्तरिक मामिला मन्त्रालय सम्हाल्नुभएको छ ।

उहाँलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिए सँगै गण्डकी प्रदेशमा मन्त्रालयको संख्या १२ पुगेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत असोज २५ गते डोवाटेलाई बिनाविभागीय मन्त्री बनाउनुभएको थियो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयको कार्यविधि पनि पास गरेको छ ।

मन्त्रालय फुटाएर दलहरुले संघियताको बदनाम गरेको भन्दै चर्को आलोचना भईरहेका बेला गण्डकी प्रदेशमा मन्त्रालय थप गरिएको छ । मन्त्रालयको संख्या बढाउदा खर्च पनि बढेको भन्दै प्रदेश सरकारको चर्को आलोचना भईरहेको छ ।

Related Articles

Leave a Comment