Home » मन्त्री बनेका प्रधानन्यायाधीशका जेठान कस्ता व्यक्ति हुन ?

मन्त्री बनेका प्रधानन्यायाधीशका जेठान कस्ता व्यक्ति हुन ?

by newnagarikdiary
0 comment

पछिल्लो समय राजनीतिमा खासै सक्रिय नरहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गजेन्द्र हमालको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेस हो ।
सँगै उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका पारिवारिक आफन्त पनि हुन् ।  गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् मानिन्छन् ।। देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ ।

हमाल यस्तो बेला मन्त्री बने, जुनबेला प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग सत्तामा हिस्सेदारी खोजिरहेको भन्ने समाचार बारम्बार सार्वजनिक भइरहेका छन् । यी समाचारहरुमा सत्यता किन पनि छ भने सत्ता साझेदारीमा संलग्न राजनीतिज्ञहरुले यसको स्पष्ट भेउ पाएका छन् । भलै आफनो सत्ता स्वार्थका कारण यसलाई चुपचाप स्वीकार गर्न उनीहरु बाध्य छन् ।

स्वयं प्रधानमन्त्री देउवाले आफूनिकटसँग प्रधानन्यायाधीशलाई ‘भाग लगाउनु परेको’ बताउने गरेका छन् । प्रधानमन्त्री देउवा मात्रै होइन, सत्ता गठबन्धनका प्रमुख नेताहरू पुष्पकमल दाहाल, ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादव सम्मिलित बैठकमा यस सम्बन्धमा पटक–पटक चर्चा भएको छ । यसबाट स्पष्ट हुन्छ– प्रधानन्यायाधीश राणा कार्यपालिकाभित्र हिस्सा खोजिरहेका थिए, हमालको नियुक्ति त्यसैको परिणाम हो ।

यसअघि सर्वोच्च अदालत बार एशोसिएसनको प्रतिनिधि मण्डलसँगको भेटमा ‘हमाल शेरबहादुर सरहको कांग्रेसको नेता भएको’ दाबी गरेपछि प्रधानन्यायाधीश राणाको मनमा के खेलिरहेको छ भन्ने कुरा बाहिर आएको थियो । देशको न्यायिक अंगको प्रमुखले एउटा राजनीतिक नेता, कार्यकर्ताको स्तरमा ओर्लेर पारिवारिक आफन्तको लागि मन्त्री पदको वकालत गर्नु आफैंमा आपत्तिजनक काम थियो ।

हमाल वर्तमान मन्त्रिपरिषदमा सासंद नभइकन मन्त्री हुने व्यक्तिमा पर्छन् । सार्वजनिक रुपमा उठ्ने प्रश्न यो पनि हो कि यो मन्त्रिपरिषदमा हमालको जरुरी नै किन पर्‍यो ? उनीसँग के त्यस्तो गुण छ, जसले गर्दा सासंद नहुँदा नहुँदै पनि अहिले मन्त्री नबनाइ भएन ? संविधानको धारा ७८ ले परिकल्पना गरेको त्यस्तो कुनै राजनीतिज्ञ जो संसदमा छैन, उसलाई मन्त्री बनाएर पछि संसदमा ल्याउनुपर्ने आवश्यकता अहिले परको हो र हमाल त्यो हैसियतका व्यक्ति हुन् ? यी प्रश्नहरुले हमालको मन्त्री पदमा भएको अहिलेको नियुक्ति स्वभाविक छैन भन्ने प्रष्ट्याउँछ ।

प्रधानन्यायाधीश राणाको यो नाता मोहले न्यायालयको मुकुटमाथि हिलोछयाप्ने काम गरेको छ । स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायालयको प्रमुखले मुलुकको कार्यपालिकासँग हिस्सा खोज्नु आफैंमा घोर असंवैधानिक र न्यायको मान्य सिद्धान्त प्रतिकूलको काम हो । संविधानको अन्तिम व्याख्याता सम्मानित निकायको मानमर्दन हो ।

प्रधानन्यायाधिसले भाग लिएको भन्दै सर्वत्र आलोचना भईरहेको छ भने न्यायालय प्रतिको विश्वास पनि घटेको छ ।

Related Articles

Leave a Comment