Home » मधेस प्रदेश सभाकाे सभामुखकाे निर्वाचन माघ २ गते हुने

मधेस प्रदेश सभाकाे सभामुखकाे निर्वाचन माघ २ गते हुने

by newnagarikdiary
0 comment

मधेस प्रदेशसभाको सभामुखको लागि माघ २ गते चुनाव हुने भएकाे छ |

प्रदेशको प्रदेश सभाको दोस्रो कार्यकालका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली काँग्रेसको तर्फबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएको मधेस प्रदेशसभाको प्रदेशसभा सचिवालयले जानकारी दिएकाे छ |

माघ २ गते १ बजे निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तालिका बनाइएको प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

प्रदेशसभा सदस्य भरत प्रसाद साह प्रस्ताव भई सरोजकुमार यादव, रामअशिष यादव र महेश प्रसाद यादवको समर्थनमा मण्डलले उम्मेदवारी दर्ता गराएका छन् भने कुमरकान्त झा प्रस्तावक भई जिवछी कुमारी यादवको समर्थनमा रायले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्रमा प्रदेश सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेअनुसार प्रदेश सभा सचिवालयले शनिवार(आज) प्रदेश सभामुखका लागि मनोनयन दर्ताको मिति तय गरेको थियो ।

Related Articles

Leave a Comment