Home » मणिपाल कलेजमा तालावन्दी

मणिपाल कलेजमा तालावन्दी

by newnagarikdiary
0 comment
नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालावन्दी गरेको छ । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको भन्दै   अनेरास्ववियु गण्डकीले मणिपाल कलेज प्रशासनमा तालावन्दी गरेको हाे ।
विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आईतवार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पुरा नगरेको भन्दै सोमवारदेखि कलेजको प्रशासनमा अनिश्चितकालकाे लागि  तालावन्दी गरेको छ ।  माग पुरा नभएमा थप कडा आन्दोलन गर्ने समेत अनेरास्ववियुले चेतावनी दिएको छ ।

Related Articles

Leave a Comment