Home » मंगलबार पेलेको अन्तिम संस्कार

मंगलबार पेलेको अन्तिम संस्कार

by newnagarikdiary
0 comment

विश्व फुटबलका महान खेलाडी पेलेको मंगलबार अन्तिम संस्कार गरिंदै छ ।

अन्तिम संस्कार गर्नुअघि उनको मृत शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो । यस्तै फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जली अर्पणपछि फिफाले पेलेलाई उच्च सम्मान गर्दै फिफाका सदस्य राष्ट्रहरुलाई कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न उनले आग्रह गरे ।

Related Articles

Leave a Comment