Home » भोट नदिनू भन्दै पर्चा बाँडिनु अनौठो होइन

भोट नदिनू भन्दै पर्चा बाँडिनु अनौठो होइन

by newnagarikdiary
0 comment

नेकपा एमालेको महासचिवमा निर्विरोधि निर्वाचित भएका नेता शंकर पोखरेलले भीम रावल र उनी पक्षधर उम्मेदवारलाई भोट नदिनू भन्दै

महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको बताएका छन् । उनले त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएकोसमेत बताएका छन् । महाधिवेशन स्थलमा मंगलबार पत्रकारहरुसँगको

कुराकानीमा पोखरेलले भने, ‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले प्रचार गर्ने कमरेडहरूले पनि आफ्नो पक्षमा प्रचार गर्नु भएकै छ । अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै छ । कुनै अनौठो कुरा होइन ।’उनले नेतृत्व चुन्न भइरहेको मतदानलाई रस्साकस्सीको प्रक्रिया नभएकोसमेत बताए ।

Related Articles

Leave a Comment