Home » भूमिअधिकार मञ्चद्वारा पोखराका मेयरलाई माग पत्र पेश

भूमिअधिकार मञ्चद्वारा पोखराका मेयरलाई माग पत्र पेश

by newnagarikdiary
0 comment

जेठ २५ पोखरा । भूमिअधिकारबाट वञ्चितहरुको हक अधिकार सुनिश्चित गर्नका लागि वकालत गर्दै आएको भूमिअधिकार मञ्च काक्कीका प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई भेटी ३ बुदें माग तथा ६ वुदें समस्याको अवस्था पहिचान पेश गरेका छन् ।

मेयर आचार्यले पत्र बुझ्दै आफुपनि भूमिहिन सुकुम्बासीको समस्या छिटो होस् भन्ने चाहाने भएकोले आगामी २÷३ वर्ष भित्रमा समस्या समाधानकोलागि प्रतिवद्ध रहेको बताएको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले बताए ।

अध्यक्ष गुरुङसहित मञ्चका गण्डकी प्रदेश सदस्यहरु रामबहादुर लामिछाने र टेकबहादुर पुन, कास्की जिल्ला सदस्य हरिकुमारी गुरुङ र पोखरा महानगर अध्यक्ष लेखमाया थापाको प्रतिनिधि मण्डलले विहिबार पोखरा महानगरपालिका कार्यालयमा गई मेयरलाई पेश गरिएको पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोजको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनित गर्नुपर्ने उल्लेख छ ।

त्यसैगी पत्रमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत वसोवासीहरुलाई भोगाधिकारको आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पूर्जा सहितको व्यवस्था गर्न र विगत २०६८ सालमा नेपाल सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले भूमिहिन सुकुम्बासीहरुलाई छानविन गरी उक्त वस्तीहरुमा जग्गा नाप नक्सा समेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले उक्त प्रमाणलाई आधारमानी निजहरुलाई सोही स्थानमा श्रेस्ता कायम गरी पूर्जा वितरण गरियोस् भन्ने पत्रमा उल्लेख गरिएको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले बताए ।

माग पत्रको साथमा मञ्चले ६ वुदाँमा पोखरा महानगरपालिका भित्र पोखरा १० को नागिन टोल, पोखरा ९ को शिवटोल, पार्वतीटोल, कृष्णटोल, गणतान्त्रिक टोल, शुभकामना टोल, पोखरा १५ को द्वारे खरबारी मजुवा र शिवशक्ति टोल, पोखरा १८ को पिपलडाली सुकुम्बासी वस्तीहरुमा कुन कुन वडामा कहिले देखि कति भूमिहिन सुकुम्बासीहरु वसोबास गर्दै आएका लगाएत कास्की जिल्ला भित्र धेरै वस्तीहरुमा छुट्टाछुट्टै किसिमका समस्या रहेको जानकारी तथा विवरण पत्रमा उल्लेख गरिएको संस्थापक रामबहादुर लामिछानेले बताए ।

 

Related Articles

Leave a Comment