Home » भिमादका किसानलाई कृषि सामाग्री वितरण

भिमादका किसानलाई कृषि सामाग्री वितरण

by newnagarikdiary
0 comment

पोखरा
तनहुँको भिमाद नगरपालिकाले कृषकलाई कृषि सामाग्री वितरण गरेको छ । भिमाद नगरपालिकाको आधार पर्यटन, कृषि यान्त्रिकीकरण आर्थिक समृद्धिको आधार भन्ने मुलनारा लिएको नगरपालिकाले कृषिमा प्रविधि र यान्त्रिकीकरण गर्दै उत्पादनमा बृद्धिका साथै समृद्धि हसिल गर्न कृषि सामाग्री वितरण गरिएको हो ।
नरपालिकाले नौ ओटै वडाहरुका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्रिकीकरण वितरण गरेको हो । नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्याक्टर, मिनी टेलर तथा धान काट्ने आधुनिक प्रविधिको मेसिन, थ्रेसर, घाँस काट्ने च्यापकटँर, कम्बाईन मिल,ब्रस कँटर लगाएतका कृषि सामाग्री प्रदान गरिएको नगर प्रमुख मेखबहादुर थापाले जानकारी दिनुभयो । कृषि उत्पदन बृद्धि गर्दै समृद्ध नगर बनाउन कृषिमा विविधिकरण, यान्त्रिकीकरणमा नगरपालिकाले जोड दिदै आएको उहाँले बताउनुभयो । थापाले कृषि समृद्धिको पहिलो आधार रहेको बताउनुभयो । उहाँले उपलब्ध गराइएका कृषि उपकरणको सदुपयोग गरेर उत्पादन बृद्धि गर्न तर्फ लाग्न किसानलाई आग्रह गर्नुभयो ।
नगर उपप्रमुख शारदा खनालले किसानलाई व्यवसायिक कृषितर्फ आकर्षित गराउन विभिन्न कृषि उपकरणहरु सहयोग गर्दै आएको बताउदै कृषिको आधुनिकीकरणको लागि यान्त्रिकीकरण अपरिहार्य रहेको बताउनुभयो ।
नगरपालिकाले कृषकलाई नगद अनुदानका साथै खेत जोत्ने, धान रोप्ने, झार गोड्ने, प्लाष्टिक पोखरी, थोपा सिँचाइ, मल्चिङ प्लाष्टिक, विक एग्रोनेट, किरा नियन्त्रण गर्ने प्रविधि लगाएतका कृषि सामाग्री उपलब्ध गराउदै आएको प्रमुख प्रशासकिय अधिकृत थमन सिहं थापाले जानकारी दिनुभयो । भिमादका किसान हिमनारायण श्रेष्ठले हाते ट्याक्टर पाएपछि खेत जोत्ने गोरु र हलीको चिन्ता हटेको बताउदै खुसी व्यक्त गर्नुभयो । उहाँ जस्तै यहाँका अन्य किसान पनि कृषि सामाग्री पायपछि खेती गर्न सजिलो हुने भन्दै खुसी भएका छन् ।

Related Articles

Leave a Comment