Home » भिडले एमाले महाधिवेशनबाट फर्किन सकस, एम्बुलेन्स र केपी ओली जाममा

भिडले एमाले महाधिवेशनबाट फर्किन सकस, एम्बुलेन्स र केपी ओली जाममा

by newnagarikdiary
0 comment

नेकपा एमाले १० औं महाधिवेशनको उद्घाटन सत्र सकिएपछि घर फर्किनेको लर्को लागेको छ । एमाले महाधिवेशनमा सहभागी नेता कार्यकर्ताहरुको भिडका कारण घर फर्किनेहरु समस्यामा परेका छन् । लाखौँ एमाले कार्यकर्ताहर घर फर्किने क्रममा भिडका कारण अपठ्यारोमा परे भने बिरामी बोकेका एम्बुलेन्स समेत जाममा फसे ।

खासगरि नारायणी नदिको पुल तरेर पश्चिमका जिल्ला जानेहरु जान सकिरहेका छैनन् । पुलमा ठुलो संख्यामा मानिसहरु भएपछि समस्या देखिएको छ ।

जाममा दर्जनौँ विरामी बोकेका एम्बुलेन्स फसेका छन् । यस्तै निजी सवारी पनि जान पाएका छैनन् ।

ओली पनि जाममा

१०औं महाधिवेशनबाट होटल फर्कने क्रममा एमाले अध्यक्ष केपी ओली पनि जाममा फसेका छन् । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कनेक्रममा उनी टिकौलीमा जाममा फसेका छन् ।

उनी चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ–धौ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।

शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरु हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए । टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ ।

महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीपनि ढीला गरी पुगेका थिए ।

 

Related Articles

Leave a Comment